बिओके क्यापिटलद्धारा निःशुल्क डिम्याट खाता सुविधा

४ बर्ष अगाडि

काठमाडौं-बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बि.ओ.के. क्यापिटलले शेयर लगानीकर्तालाई लक्षित गर्दै निःशुल्क हितग्राही खाता खोल्ने भएको छ ।

क्यापिटल र बैंक अफ काठमाण्डू लिमिटेडका शाखा कार्यालयहरु मार्फत माघ १७ गते सोमबारदेखि क्यापिटलले उक्त सुविधा दिने भएको हो ।

निःशुल्क रुपमा “हितग्राही खाता” खोलिने योजना अर्को सूचना जारी नभएसम्मको लागि रहने क्यापिटकी मर्चेन्ट बैकिङ्ग जनाएको छ । 

बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बिओके क्यापिटल मार्केट लिमिटेडले ग्राहकहरुलाई उत्कृष्ट सेवाहरु दिँदै आईरहेको छ । भविष्यमा प्रविधीहरुको उच्चतम् प्रयोग गरी ग्राहकमैत्री सेवाहरु प्रदान गर्दै जाने विश्वास क्यापिटलले लिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया