काठमाडौं-बीमा समितिले लेखापरीक्षणको प्रतिवेदन नबुझाउने कम्पनीहरुलाई कारबाही गरेको छ ।
समितिले बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम तोकिएको समयसिमाभित्र आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै ११ बीमा कम्पनीहरुलाई कारबाही गरेको हो ।
समितिले दि ओरियन्टल इन्स्योरेन्स,नेशनल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी,राष्ट्रिय बीमा संस्थान, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स,आईएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सलाई कारबाही गरेको हो ।
उक्त कम्पनीहरुले आफूले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै समितिले प्रत्येकलाई कम्पनीलाई १० हजार रुपैयाँको दरले जरीवाना गर्ने निर्णय गरेको छ ।
बीमा ऐन, २०४९ को दफा २५ बमोजिम बीमा कम्पनीहरूले आफूले गरेका बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण मान्यताप्राप्त लेखापरीक्षकबाट गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समिति समक्ष पेश गर्नुपर्ने उल्लेख छ ।
बीमा कम्पनीहरुले कानूनी व्यवस्थाको जानीरजानी उल्लङ्घन गरेकाले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम जरिवाना गरिएको समितिले जनाएको छ ।
प्रतिक्रिया