काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १६ हजार ८८ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पिसिआर विधिबाट १० हजार ३६८ र एन्टिजेन विधिबाट ५ हजार ७२० जनाको परीक्षण गर्दा क्रमशः ३ हजार ४७२ र १ हजार ८२० जनामा संक्रमण देखिएको हो ।
यस अवधिमा ८१९१ जना संक्रमणमुक्त भएका छन् भने ८ संक्रमितको ज्यान गएको छ । अब नेपालमा ७९ हजार २७२ सक्रिय संक्रमित रहेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
आज शनिबार देशभर ३ लाख ६६ हजार ६०३ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया