काठमाडौं- सानिमा बैंक लिमिटेडले एकैदिन (माघ १७ गते) कावासोती, बर्दिबास र अत्तरियामा गरी थप तीन बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।
कावासोती–८, नवलपुरस्थित कावासोती शाखाको उद्घाटन कावासोती नगरपालिकाकी मेयर चन्द्रकुमारी पुनले गरिन्। यसैगरी बर्दिबास–१ महोत्तरीस्थित बर्दिबास शाखाको उद्घाटन बर्दिबास नगरपालिकाका मेयर विदूरकुमार कार्कीले र गोदावरी नगरपालिका–१ अत्तरियास्थित अत्तरिया शाखा गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउद र उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले संयुक्त रुपमा गरेका छन्।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२२ कार्यालय र १०२ वटा एटीएम सञ्चालनमा रहेका छन्।
प्रतिक्रिया