काठमाडौं- साताको दोस्रो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा ७ कम्पनीको शेयरमूल्य ७ प्रतिशत बढीले बढेको छ ।
आज तीन कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । फरवार्ड माइक्रोफाइनान्स र वीन नेपाल लघुवित्तको शेयरमूल्य १०र १० प्रतिशतले बढेको छ भने बुद्धभूमि नेपालको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको हो ।
फरवार्ड माइक्रोफाइनान्सको शेयरमूल्यको रु.२ हजार ३८७,वीन नेपालको शेयरमूल्य रु.१ हजार ६१९.२० र बुद्धभूमि नेपालको शेयरमूल्य रु.६१६.४० पुगेको छ ।
यस्तै,छयाङदी हाइड्रोपावरको शेयरमूल्य ८.९७ प्रतिशतले बढेर रु.५१०, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्डको ७.३७ प्रतिशतले बढेर रु.३५७ र सिईडिबी हाइड्रोपावरको शेयरमूल्य ७.१८ प्रतिशतले बढेर रु.१ हजार ९० पुगेको छ ।
यस्तै, आज कारोबारमा आएका २२५ कम्पनीमध्ये ३२ कम्पनीको शेयरमूल्य बढेको छ । ७ कम्पनीमध्ये शेयरमूल्य शेयरमूल्य ६ प्रतिशत भन्दा कमले वृद्धि भएको छ ।
प्रतिक्रिया