मिस युएसए चेस्ली क्रिस्टले गरिन् आत्महत्या, सुसाइड अघि छाडिन् यस्तो नोट

४ बर्ष अगाडि

काठमाडौं- २०१९ मा मिस युएसए (अमेरिकी सुन्दरी) को उपाधि जितेकी चेस्ली क्रिस्टले आत्महत्या गरेकी छिन् । उनले ६० तला माथिबाट हाम्फालेर आत्महत्या गरिकीछिन् ।

मिडिया रिपोर्टअनुसार चेस्लीले अमेरिकाको स्थानीय समयअनुसार बिहान ७ बजेर १५ मिनेटको समयमा म्यानहट्टनमा संदिग्ध रुपमा आत्महत्या गरेकी हुन् । ६० तले ओरियल बिल्डिङमा उनको ९ औं तलामा अपार्टमेन्ट थियो । उनलाई पछिल्लो पटक बिल्डिङको २९ औं तलामा देखिएको थियो ।

उनी मोडलिङका साथै पेसाले एक वकिल पनि थिइन् । उनले नर्थ र साउथ क्यारोलिनामा वकालतको अभ्यास पनि गरिरहेकी थिइन् । उनी सोसल र क्रिमिनल स्टिस पुनर्संरचनाको पक्षधर थिइन् ।

२०१९ मा मिस अमेरिका बनेपछि चेस्ली एक्स्ट्रा नामको शोकी रिपोर्टर पनि बनेकी थिइन् । उनी मानसिक स्वास्थ्यबारे मुखर थिइन् र उनले यसबारेमा कैयौं अन्तरवार्तामा बोलिसकेकी थिइन् । मृत्युभन्दा पहिले उनले इन्स्टाग्राममा ‘यो दिनले तपाइँको लागि आराम र शान्ति ल्याओस्’ भनेर लेखेकी थिइन् ।

पुलिसले उनको घरमा सुसाइड नोट पनि फेला पारेको छ । नोटमा उनले आफ्ना सबै कुरा आफ्नी आमा अप्रिल सिम्पकिन्सको नाममा गरिदिन भनेकी छिन् । उनले आत्महत्या किन गरिन् भन्ने कुरा भने नोटमा लेखेकी छैनन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया