कामना सेवा विकास बैंकले माग्यो कर्मचारी, योग्यता कति ?

४ बर्ष अगाडि

काठमाडौं - कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको छ । 

बैंकले हेड कम्प्लियन्स (अपटु असिस्टेन्ट म्यानेजर), चिफ अपरेटिङ अफिसर (अपटु म्यानेजर सिनियर म्यानेजर) र हेड स्ट्राटेजिक सर्पोट युनिटमा (अपटु असिस्टेन्ट म्यनेजर)मा कर्मचारी माग गरेको हो ।

बैंकले एक सूचना जारी गरी यस सम्बन्धी जानकारी गराएको छ । उक्त पदहरुका लागि शैक्षिक योग्यता न्युनतम व्यवस्थापन तथा अर्थशास्त्रमा स्नाकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने बैंकले सुचना मार्फत जानकारी गराएको छ । 

योग्यता पुगेका इच्छुक ब्यक्तिले कम्पनीको वेबसाइट मार्फत आवेदन दिन सकिने बैंकले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया