कुमारी इक्विटी फण्ड सहित ३ कम्पनीको सर्वाधिक कित्ता शेयर खरिदमाग, कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं-साताको दोस्रो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा तीन कम्पनीको सर्वाधिक शेयर खरिदमाग भएको छ । 

आज कुमारी इक्विटी फण्डको सर्वाधिक ६ लाख बढी कित्ता शेयर खरिदमाग भएको छ भने निफ्रा र हाइड्रोइलेक्ट्रीसिटी  इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको ३ लाख बढी कित्ता खरिदमाग भएको छ ।

कारोबार सुरु भएको पौने तीन घण्टाको अवधीमा कुमारी इक्विटी फण्डको ६ लाख ६६ हजार १० कित्ता खरिदमाग भएको छ ।

यस्तै, निफ्राको ३ लाख ८२ हजार १५३ कित्ता शेयर र हाइड्रोइलेक्ट्रीसिटी  इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको ३ लाख ३६ हजार ५८१ कित्ता शेयर खरिदमाग भएको हो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया