सिभिल लघुवित्तको वित्तिय विवरण सार्वजनिक, ३६.८७ प्रतिशतले बढ्यो नाफा ?

४ बर्ष अगाडि

काठमाडौं - सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ महिनासम्म आइपुग्दा ३ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ३६.८७ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले २ करोड ७४ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ६७.६१ प्रतिशतले बढेर ११ करोड ८४ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ७ करोड ६ लाख रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा पनि ४०.१६ प्रतिशतले बढेर ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ । गत वर्ष संस्थालाई ४ करोड ६ लाख रुपैयाँ सञ्चालन नोक्सान भएको थियो । 

यस्तै संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) २६ रुपैयाँ ५ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ३६ पैसा रहेको छ । संस्थाको चुक्ता पुँजी २८ करोड ८१ लाख रुपैयाँ र जगेडा कोषमा १० करोड ८० लाख रुपैयाँ सञ्चित रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया