६ महिनासम्म आइपुग्दा एनएमबि लघुवित्तको नाफा र प्रतिशेयर आम्दानी कति ?

४ बर्ष अगाडि

काठमाडौं - एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ७ करोड २५ लाख ७७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेका वित्तीय विवरणले यस्तो देखाएको हो । 

वित्तिय विवरण अनुसार उक्त ताफा ६.२० प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ७ करोड ७० लाख ८४ हजारमा रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दाीमा सामान्यले वृद्धि भएको छ भने संचालन नाफामा गिरावट आएको छ । कम्पनीको खुद ब्याज आम्दानी १०.२२ प्रतिशतले वृद्धि भइ २३ करोड १६ लाख ३१ हजार रुपैयाँ पुगेको छ । 

संचालन नाफा भने ५.४० प्रतिशतले घटेर ११ करोड ५३ लाख ९४ हजार रुपैयाँमा सिमित भएको छ । खुद ब्याज आम्दानी बढेपनि संचालन नाफा घट्दा कम्पनीको नाफामा सुधार आउन नसकेको हो ।

यस्तै समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी वार्षिकी २२.१३ रुपैयाँ र प्रति शेयर नेटवर्थ १४७.७८ रुपैयाँ रहेको छ । दोस्रो त्रैमाससम्ममा आइपुग्दा कम्पनीको चुक्तापूँजी ६५ करोड ५८ लाख ६३ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोष २८.८१ प्रतिशतले बढेर ३१ करोड ३३ लाख ८८ हजार रुपैयाँ रहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया