प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ८ पैसा रहेको स्वरोजगार लघुवित्तले ६ महिनामा कति कमायो नाफा ?

४ बर्ष अगाडि

काठमाडौं - स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ९ करोड १ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिकृष्ट वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार लघुवित्तले खुद नाफा उल्लेख्य सुधार गरेको छ । गत आवको यसै अवधिसम्ममा संस्थाले ६ करोड ६१ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै संचालन मुनाफा पनि गत आवको तुलनामा १९.३९ प्रतिशतले बृद्धि गरी १२ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आवमा संस्थाको यस्तो मुनाफा १० करोड ६७ लाख रुपैयाँ ऋणात्मक रहेको थियो । 

यस अवधिसम्ममा संस्थाले खुद ब्याज आम्दानीमा उल्लेख्य प्रगति र ऋणात्मक रहेको संचालन मुनाफा धनात्मकमा परिवर्तन गर्न सफल भएसँगै खुद नाफामा उल्लेख्य बृद्धि भएको हो ।

समिक्षा अवधिसम्ममा कम्पनीको चुक्तापूँजी ३६ करोड ५९ लाख रुपैयाँबाट बढेर ५१ करोड ५४ लाख पुगेकोमा कम्पनीले यस अवधिसम्ममा ५७.११ प्रतिशतले बृद्धि गरी २१ करोड ३३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको यसै अवधिसम्ममा संस्थाको यस्तो आम्दानी १३ करोड ५७ लाख रुपैयाँ रहेको थियो ।

संस्थाको वार्षिकी प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ८ पैसा र प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ७० पैसा रहेको छ । यस्तै समिक्षा अवधिमा संस्थाले २ अर्ब ९१ करोड १० लाख रुपैयाँ निक्षेप संकलन तथा ७ अर्ब ६ करोड ६४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ भने जगेडा कोषको आकार बढाएर १८ करोड ३५ लाख रुपैयाँ संचित गर्न सफल भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया