प्रतिशेयर आम्दानी रु.१५.३६ हुदाँ पाँचथर पावरको नाफा ६४.७६ %ले बढ्यो, अन्य सूचकको अवस्था कस्तो ?

४ बर्ष अगाडि

काठमाडौं-पाँचथर पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको  वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीले १४ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ६४.७६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ८ करोड ७०९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

दोस्रो त्रैमासमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १६.१८ प्रतिशतले बढेर २६ करोड ३५ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले २२ करोड ६८ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो।

चुक्तापुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार बढेर १० करोड २७ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा रिजर्भ ५ करोड ४ लाख रुपैयाँले ऋणात्मक रहेको थियो। 

कम्पनीको प्रतिशेयर आम्दानी १५.३६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ११०.६७ रुपैयाँ रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया