काडमाडौं - रु रु जलबिद्युत परियोजना लिमिटेड र अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरण अनुसार दुईटै कम्पनीको नाफा बढेको छ ।
रु रु जलबिद्युत
समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले ६ करोड ५७ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १९.६१ प्रतिशत बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ५ करोड ४९ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर ९ करोड ९६ लाख ५२ हजार रूपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ९ करोड २५ लाख ३६ हजार रुपैयाँ आम्दानी गरेको थियो । समिक्षा अवधिका कम्पनीको बिद्युत बिक्रि आम्दानी ७.६९ प्रतिशतले बढेको हो ।
कम्पनीको चुक्ता पूँजी ४४ करोड ८४ लाख ७६ हजार रुपैयाँ र जगेडा कोषमा ११ करोड १७ लाख ४७ हजार रूपैयाँ रहेको छ । दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ३१ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १२४ रुपैयाँ ९२ पैसा पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ३५.८२ गुणा रहेको छ ।
अरुण भ्याली
अरुण भ्यालीले समिक्षा अवधिसम्म आइपुग्दा ७ करोड ४९ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १०.१० प्रतिशत बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ६ करोड ८० लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर ४ करोड २ लाख ६९ हजार रूपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ३ करोड ४ लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको थियो । समिक्षा अवधिका कम्पनीको बिद्युत बिक्रि आम्दानी ३२.३१ प्रतिशतले बढेको हो ।
समिक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा बढेर १० करोड १ लाख रूपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको सञ्चालन मुनाफा ८ करोड ७९ लाख रूपैयाँ रहेको थियो ।
त्यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब ७२ करोड ९५ लाख ९५ हजार रुपैयाँ र जगेडा कोषमा १३ करोड ५२ लाख २६ हजार रूपैयाँ रहेको छ । दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६६ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १०७ रुपैयाँ ८२ पैसा पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ५७.८२ गुणा रहेको छ ।
प्रतिक्रिया