दुर्गेशको ‘पैसा’ विवादमा, कारबाहीको माग

३ बर्ष अगाडि

काठमाडौं - प्राय जसो गायक दुर्गेश थापाको गीतहरु विवादमा पर्ने गर्दछ । शुक्रबार युट्युबमार्फत सार्वजनिक गरेको उनको नयाँ गीत ‘पैसा’ पनि विवादमा परेको छ । 

छाडा शब्द प्रयोग गरेर बनाइएको उक्त गीतको सामाजिक सञ्जालमा तीव्र विरोध सुरु भएको छ । विशेषगरी नारीलाई पैसासँग तुलना गरिएको भन्दै आक्रोश पोखिएको छ । महिला नेता तथा अभियन्तादेखि लिएर धेरैले उनलाई उनलाई कारबाही नै गर्न माग गरेका छन् । 

अहिले उक्त नयाँ गीत युट्युबको ट्रेन्डीङमा छ । यस अघि पनि दुर्गेशले सार्वजनिक गरेका प्राय सबै गीहरु विवादमा परेका थिए ।  

यस्तै वैज्ञानिक समाजवादी महिला संगठनले उक्त गीतको प्रसारण बन्द गर्न माग गरेको छ । संगठनले विज्ञप्ति जारी गर्दै भिडियोमा सभ्य समाजमा पाच्य नहुने खालका शब्दहरू प्रयोग भएको प्रसारण बन्द गर्न सम्बन्धित संस्था र राज्यका निकायलाई अनुरोध गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया