काठमाडौं - चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा अरुण काबेली पावर कम्पनी लिमिटेडले २० करोड २ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
उक्त नाफा गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ९.६३ प्रतिशत बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १८ करोड २६ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
विवरण अनुसार कम्पनीको नाफासँगै अन्य सूचकमा पनि आकर्षक चमक देखिएको छ । पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर ४५ करोड ६१ लाख ६९ हजार रूपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ३८ करोड ८५ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा बढेर ४२ करोड १६ लाख रूपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको सञ्चालन मुनाफा ३६ करोड रूपैयाँ रहेको थियो ।
त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १११ रुपैयाँ १२ पैसा पुगेको छ । दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ५९ पैसा पुगेको छ ।
कम्पनीको मूल्य आम्दानी अनुपात २६.५८ गुणा रहेको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार रुपैयाँ र जगेडा कोषमा २० करोड ६२ लाख ४१ हजार रूपैयाँ रहेको छ ।
प्रतिक्रिया