काठमाडौं - सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीको गुल्मी शाखाले उक्त दावी भुक्तानी गरेको हो ।
कम्पनिले गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका निवासी लोक बहादुर वि.क.को परिवारलाई बीमाङक रकम १ लाख रुपैयाँ र आर्जित बोनश वापतको रकम १२ हजार ९ सय गरी जम्मा १ लाख १२ हजार ९ सय रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको हो ।
लोक बहादुरले सन नेपाल लाइफ गुल्मी शाखामा दुई वर्ष अघि १ लाख बीमांकको नवीन आजीवन बीमा पोलिसी खरिद गरेका थिए । लोक बहादुरको घरमै अचानक मृत्यु भएको थियो ।
कम्पनीले उक्त रकम लोक बहादुरकी श्रीमती सावित्रा वि.क.लाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया