मेरो माइक्रोफाइनान्सले २६ करोड ६५ लाख बढि नाफा कमाउदा चुक्ता पुँजी १ अर्ब २० करोड

४ बर्ष अगाडि

काठमाडौं - मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । 

सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले २६ करोड ६५ लाख ६२ हजार रुपैयाँ खुद नाफा कामाएको छ । 

उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ८९.४१ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले १४ करोड ७ लाख ३२ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा पनि ९९.५० प्रतिशतले बढेर ३३ करोड १७ लाख २८ हजार पुगेको छ । गत वर्ष संस्थाले १६ करोड ६२ लाख ७६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ८८.७१ प्रतिशतले बढेर ५७ करोड १० लाख ४७ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ३० करोड २६ लाख १३ हजार रूपैयाँ रहेको थियो ।

त्यस्तै, संस्थाको प्रतिसेयर आम्दानी ९ईपीएस० ४४ रुपैयाँ ४३ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ९ पैसा रहेको छ । संस्थाको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ र जगेडा कोषमा ६४ करोड ९० लाख २८ हजार रुपैयाँ सञ्चित रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया