८.५ प्रतिशत ब्याजदर पाइने एभरेष्ट बैंकको २ अर्बको २० लाख कित्ता ऋणपत्रमा आजसम्म मात्र आवेदन दिन सकिने

४ बर्ष अगाडि

काठमाडौं - एभरेष्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले माघ ३ गतेदेखि वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा निष्काशन तथा बिक्री खुला गरेको थियो । 

बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ निष्काशन तथा बिक्री खुला गरेको हो । उक्त ऋणपत्रको अवधि ८ वर्ष रहनेछ ।बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । 

सोमध्ये ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ भने बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ । 

सर्वसाधारणका लागि बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया