ईपीएस १४६ रुपैयाँ ४७ पैसा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले कति कमायो नाफा ?

४ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ४८ करोड ८० लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । 

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरणले यस्तो देखाएको हो । विवरण अनुसार उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १०३.५८ प्रतिशतले बढि हो । 

गत वर्षको यसै अवधिमा संस्थाले २२ करोड ५० लाख १५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि २२.७२ प्रतिशतले बढेर ७३ करोड ८२ लाख ७२ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ६० करोड १५ लाख ६४ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा पनि १००.२८ प्रतिशतले बढेर ७० करोड ८२ लाख १७ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ३५ करोड ३५ लाख ९६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै  संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १४६ रुपैयाँ ४७ पैसा र प्रतिसेयर नेटवर्थ ३७४ रुपैयाँ ८२ पैसा रहेको छ । संस्थाको चुक्ता पुँजी ६२ करोड ५५ लाख १९ हजार रुपैयाँ र जगेडा कोषमा १ अर्ब ७१ करोड ९० लाख ३० हजार रुपैयाँ सञ्चित रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया