चन्द्रगिरी हिल्सका आम्दानी बढ्दा घट्यो नोक्सान, प्रतिशेयर आम्दानी कति पुग्यो ?

४ बर्ष अगाडि

काठमाडौं - चन्द्रगिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १ करोड ७३ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको आम्दानी बढेको छ भने नोक्सानी घटेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १२ करोड ३२ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो । कम्पनीको आम्दानी बढेसँगै नोक्सानी घट्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४०३.२७ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको कुल आम्दानी ५४४.३९ प्रतिशत बढेको छ भने कुल खर्च १२३.६६ प्रतिशत बढेको छ ।

नोक्सानी घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपेयाँ २६ पैसा ऋणात्मकबाट घटेर २ रुपैयाँ २९ पैसा ऋणात्मक भएको छ । दोस्रो त्रैमाससम्ममा १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ४३ करोड ७५ लाख रुपैयाँ ऋणात्मक रहेको छ । 

सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ७१ रुपैयाँ ४८ पैसा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया