वैदेशिक रोजगारीसम्बन्धी सम्पुर्ण गुनासो सुन्न ल्यायो मन्त्रालयले पैसा नलाग्ने कल सेन्टर, २४ सै घण्टा ११४१ मा सम्पर्क गर्न सकिने

३ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगारीसम्बन्धी गुनासो अब कल सेन्टरबाट टिपाउनसक्ने भएको छ ।  सम्बन्धित निकायले सेवाग्राहीको गुनासो वा समस्याको सम्बोधन गरेन भने सिधै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सम्पर्क गर्न सकिनेछ ।

मन्त्रालयले पैसा नलाग्ने वा लाग्ने फोन नम्बर सञ्चालनमा ल्याइएको छ । मन्त्रालयले त्यसलाई कल सेन्टर नाम दिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आइतवार उक्त कल सेन्टर सञ्चालनको शुभारम्भ गरेका छन् ।

कल सेन्टरमा २४ सै घण्टा फोन सम्पर्क गरेर आफ्ना समस्या वा गुनासा सुनाउन सकिनेछ । त्यसका लागि मन्त्रालयले मन्त्रीको सचिवालयको मोबाइल नम्बरः ९८२३२५६७०४, ९८२३२५६७०६ र मन्त्रालयमा रहेको कल सेन्टरको नम्बर :९७७१५९७००८ वा टोल फ्री नम्बर ११४१ मा सिधै सम्पर्क गरी २४ सै घण्टा गुनासो र समस्या टिपाउन सक्ने व्यवस्था गरेको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया