विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित पाकिस्तानी नागरिक पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - प्रहरीले अवैध रुपमा विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित पाकिस्तानी नागरिक हाफिज एटिक अर रहमानलाई पक्राउ गरेको छ ।

फ्लाई दुबईको उडानद्वारा जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान विन्दुमा झोला परीक्षण गर्ने क्रममा पक्राउ गरिएको हो । 

उनको झोलाबाट साउदी रियाल ४७ हजार १५०, युएई दिराम ४००, ओमानी रियाल ५ दशमलव ५ लगायतका मुद्रा बरामद गरिएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया