बीमा समितिद्धारा प्राइम लाइफलाई रु.१० जरिवाना

४ बर्ष अगाडि

काठमाडौं-बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्सलाई पनि कारबाही गरेको छ । समितिले 

सुशासन सम्बन्धी निर्देशिका २०७५ र बैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशिका उल्लघंन गरेकोले कारबाही गरेको हो ।

समितिले कम्पनीको स्थलगत निरीक्षण गर्दा कम्पनीको सुशासन सम्वन्धि निर्देशिका २०७५ को दफा १२ उल्लघंन गरी तलब भत्ता निर्धारण नै नगरी कर्मचारीको, बीमितको हकहित विपरित नक्कली बीमालेख जारी गरी गरेको र व्यवस्थित रुपले म्यादी बीमा नगराएको जनाएको छ ।

कम्पनीले सुशासन सम्बन्धी निर्देशिका २०७५ र बैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशिका उल्लघंन गरेको भन्दै बीमा ऐन २०४९ को दफा ३६ को उप दफा (१) बमोजिम १० हजार रुपैयाँ जरिवना गर्ने निर्णय गरेका छ ।

समितिले संस्थागत सुशासन सम्बन्धी निर्देशिका उल्लघंन गरेको भन्दै शुक्रबार नेपाल लाइफलाई पनि कारबाही गरेको थियो

४ बर्ष अगाडि

प्रतिक्रिया