पछिल्लो २४ घण्टामा थपिए ३५४० संक्रमित, मृतकको संख्या ३२

४ बर्ष अगाडि

काठमाडौ- देशभर थप ३ हजार ५४० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । 

१३ हजार १४५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ४९ तथा एन्टिजेन विधिबाट ४९१ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् ।  मृत्युको संख्यामा ३२ जना थप भएका छन् । यसमध्ये वीरेन्द्र अस्पतालले ढिला गरी १२ जनाको मृत्युको रिपोर्ट दिएको भने बाँकी २० जना विभिन्न अस्पतालबाट १३ देखि १६ गतेसम्म प्राप्त भएको तथ्यांक हो । 

हाल देशभर ८३ हजार ९९९ जना सक्रिय संक्रमित रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया