काठमाडौं-साताको पहिलो कारोबारको दिन (आइतबार) शेयर बजारमा उछाल आएको छ । नेप्से परिसूचक आज १०५.५५ अंकले बृद्धि भएको हो ।
गत साता ३ अर्बसम्म खुम्चिएको कारोबार आज ६ अर्बमाथि पुगेको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक अपि पावर कम्पनीको भएको छ । कम्पनीको आज एकैदिन २६ करोड १५ लाख १६ हजार १३४ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, एनटिसीको २३ करोड ६२ लाख, एचआइडिसिएलको २३ करोड ३ लाख, अरुण भ्याली हाइड्रोपावरको २१ करोड ९६ लाख र अपर तामाकोशीको १४ करोड ११ लाख भन्दा माथिको कारोबार भएको छ ।
अन्य कुन कम्पनीले कतिको कारोबार गरे ?
प्रतिक्रिया