काठमाडौं - नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले ५ लाख २९ हजार ९८२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।
उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरुले पनि खरीद गर्न पाउनेछन् । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुका लागि विक्रीको आव्हान गर्दा आवेदन पर्न नसकेको उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गर्न लागेको हो ।
ईच्छुकले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । शेयर खरीदका लागि तोकिएको अवधिभित्र ईच्छुक व्यक्ति तथा संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया