आईएमई लाइफ इन्स्योरेन्सद्धारा ११ लाख १८ हजार बीमा दावी भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं - आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको खाँदबारी शाखाले ११ लाख १८ हजार रुपैयाँ भुक्तानी गरेको हो । 

शाखाले बिमित पाँचखपन निवासी ३५ वर्षीया दिलसा गिरीको आफन्तलाई उक्त रकम एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । 

बिमित गिरी वैदेशिक रोजगारका सिलसिलामा श्रीलङ्कामा गत साउन १४ गते मृत फेला परेकी थिइन् । मृतक गिरीले २०७५ जेठ १८ गते १० लाख रुपैयाँको जीवन बिमा गराएकी थिइन् ।

तेस्रो किस्ता बापत गिरीले १ लाख ९८ हजार दुई सय ७० रुपैयाँ मात्र बुझाएका थिइन् । कम्पनीले बीमाङ्क रकममा बोनस थपेर भुक्तानी गरेको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया