काठमाडौं - स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज शहीद दिवस मनाइँदै छ । प्रत्येक वर्ष माघ १६ गते यो दिवस मनाइन्छ ।

माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । राणा शासनविरुद्ध विद्रोह गरेका चार शहीदलाई माघ दशदेखि १५ गतेसम्म मृत्युदण्ड दिइएको थियो । शुक्रराज शास्त्री, धर्मभक्त माथेमा गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई राणाहरुले मृत्युदण्ड दिएका थिए ।

सोही समयको स्मरणमा शहीद दिवस तथा सप्ताह मनाउने गरिएको हो । शहीद दिवसका अवसरमा आइतबार सरकारले सार्वजनिक विदा समेत दिएको छ ।



प्रतिक्रिया