काठमाडौं - नेपाल क्रेडिट एण्ड कमर्स ९एनसीसी० बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकको ७ लाख ५९ हजार ३ सय ७२ कित्ता संस्थापक सेयर बिक्रीमा आएको हो ।
बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ ।
इच्छुक आवेदकले आवश्यक कागजपत्र संकलन गरी बैंकको बागबजार, काठमाडौँस्थित सेयर शाखामा पुग्ने गरि निवेदन दिनुपर्ने छ । तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ ।
प्रतिक्रिया