काठमाडौं- साताको पहिलो कारोबारको दिन (आइतबार) शेयर बजारमा सकरात्मक उछाल आएको छ ।
आज कारोबार सुरु भएको आधा घण्टाको अवधीमै नेप्से परिसुचक ८९.८१ अंकले बढेर २८६९.७९ को बिन्दुमा पुगेको छ । नेप्से परिसुचक ११ बजे ३० मिनेटसम्म आइपुग्दाँ ३.२३ प्रतिशतले बढेको हो ।
यस्तै, सोही अवधीसम्म नेप्सेमा कारोबारमा आएका २०७ कम्पनीको १८६ कम्पनीको शेयरमूल्य बढेको छ भने १ कम्पनीको शेयरमूल्य घटेको छ र १ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
कारोबारमा आएका २०७ कम्पनीको २५ लाख ४८ हजार ६७१ कित्ता शेयर १७ हजार १४७ पटकको खरिद बिक्रीमा १ अर्ब ४६ करोड ६७ लाख बढीको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया