एक्सेल डेभलपमेन्ट बैंकको शेयर शेयरधनीहरुको खातामा जम्मा

४ बर्ष अगाडि

काठमाडौं-एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको छ ।  

बैंकले गत भदौ ३१ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको खातामा हकप्रद शेयर डिम्याट खातामा जम्मा गरिदिएको हो। उक्त मितिपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा शेयरधनीहरुको सम्बन्धित डिम्याट खातामा जम्मा हुने व्यवस्था भएकोले हालसम्म पनि शेयर अभौतिकीकरण गरेका शेयरधनीहरुलाई शेयर अभौतिकीकरण गरी आफ्नो हकप्रद शेयर डिम्याट खातामा प्राप्त गर्न सकिने बैंकले जनाएको छ। 

गत भदौ ३१ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकप्रद शेयर कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको स्वीकृतिपत्र प्राप्त भएपश्चात मात्र डिम्याट खातामा जम्मा हुने बैंकले जनाएको छ।

बैंकले आफ्ना शेयरधनीहरुको १०ः३ अर्थात ३० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो। 

४ बर्ष अगाडि

प्रतिक्रिया