काठमाडौं - लाईफ इन्स्योरेन्स कर्पोरेसन लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको वार्षिक साधारण सभा फागुन ११ गते एलआइसी शिक्षलय हल, नक्साल काठमाडौंमा बिहान ११ः१५ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश ९कर प्रयोजन० वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।
लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले २४ माघमा बुक क्लोज गर्नेछ । त्यसैले २३ माघसम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारणस भामा सहभागि हुन पाउनेछन् ।
प्रतिक्रिया