मानुषी लघुवित्तको नाफा १ करोड ५१ लाख बढि, ईपीएस २७ रुपैयाँ ६७ पैसा

४ बर्ष अगाडि

काठमाडौं - मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको ६ महिना सम्म आइपुग्दा १ करोड ५१ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको यसै अवधिमा कम्पनीको खुद मुनाफा ४६ लाख ५५ हजार रूपैयाँ ऋणात्मक थियो ।

समिक्षा अवधिसम्म कम्पनीको खुद व्याज आम्दानी पनि २८.७६ प्रतिशतले बढेर ४ करोड ९४ लाख ४२ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीको खुद व्याज आम्दानी ३ करोड ८३ लाख ९८ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको सञ्चालन मुनाफा पनि बढेर २ करोड ४० लाख २० हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाको यस्तो मुनाफा ४६ लाख ५५ हजार रूपैयाँ ऋणात्मक थियो ।

त्यस्तै कम्पनीको  प्रतिसेयर आम्दानी (ईपीएस) २७ रुपैयाँ ६७ पैसा रहेको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ९९ पैसा रहेको छ । कम्पनीको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ र जगेडा कोषमा ४ करोड ८१ लाख १८ हजार रुपैयाँ सञ्चित रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया