नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, न्यूनतम ६२ देखि अधिकतम् ८२ रुपैयाँ सम्म

४ बर्ष अगाडि

काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । बीमा समितिबाट यही माघ १३ गते स्वीकृत पाएको उक्त कम्पनीले आज नयाँ बोनसदर आज सार्वजनिक गरेको हो । 

कम्पनीले बीमितिलाई प्रतिवर्ष प्रतिहजार न्यूनतम ६२ रुपैयाँ देखि अधिकतम् ८२ रुपैयाँसम्म बोनस दिने भएको छ । सबैभन्दा कम पाँच वर्ष अवधीका बीमा पोलिसीमा ६२ रुपैयाँ बोनस दर तोकिएको छ । सबैभन्दा पोलिसी बिक्री भएको पाँच देखि १५ वर्षे बीमा पोलिसीमा ६५ रुपैयाँ बोनस दर बीमा समितिबाट स्वीकृत भएको छ । 

कम्पनीको नयाँ बोनसदर अनुसार सावधिक जीवन बीमा अन्तर्गतको सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, केटाकेटी, बाल शिक्षा योजना, जीवन लक्ष्मी र जीवन सारथी बीमा योजनाहरुको न्यूनतम २० वर्षसम्मका पोलिसीहरुले ६० रुपैयाँ प्रति वर्ष प्रतिहजार, २१ देखि २५ वर्षका बीमा पोलिसीहरुले ७० रुपैयाँ र २६ वर्ष सो भन्दा बढि अवधीमा बीमा पोलिसीहरुले ८२ रुपैयाँ प्रतिवर्ष प्रतिहजार बोनस पाउनेछन् ।

त्यस्तै, सावधिक तथा आजिवन अन्तर्गतको जीवन साहारा बीमा पोलिसी पनि २० वर्ष अवधीसम्मकाले ६० रुपैयाँ, २५ वर्ष अवधीसम्मकाले ७० रुपैयाँ र २६ वर्षभन्दा बढि अवधीका बीमा पोलिसीहरुले ८२ रुपैयाँ प्रति वर्ष प्रतिहजार बोनस पाउनेछन् ।

त्यस्तै, अग्रिम भुक्तानी नामक जीवन समृद्धि बीमा योजनाले न्यूनतम ५६ रुपैयाँ १५ वर्षे अवधीका लागि र ५८ रुपैयाँ २० वर्षे अवधीका लागि बोनस पाउनेछन् ।

साथै अग्रिम भुक्तानी सावधिक अन्तर्गतका धनवर्षा, नौलो जीवन समृद्धि, नौलो धनवर्षा जीवन उन्नती, जीवन शान्ति र छोराछोरी तथा सदाबहार बीमा पोििलसीमा सबै वर्ष समुहका बीमा पोलिसीहरुका लागि ६० रुपैयाँ प्रतिवर्ष प्रति हजार बोनस निर्धारण गरिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया