काठमाडौं - चालु आर्थिक वर्षको ६ महिना सम्म आइपुग्दा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ७ करोड ५७ लाख ७४ हजार रुपैयाँ पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरणले यस्तो देखाएको हो ।
सार्वजनिक विवरण अनुसार उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ११५.९१ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा संस्थाले ३ करोड ५० लाख ९५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ६१.४६ प्रतिशतले बढेर १४ करोड ८८ लाख ५० हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ९ करोड २१ लाख ९१ हजार रूपैयाँ रहेको थियो ।
संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १४ रुपैयाँ ९५ पैसाले बढेर ४७ रुपैयाँ १८ पैसा पुगेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ६२ पैसा रहेको छ ।
दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि १०९.४४ प्रतिशतले बढेर १० करोड ४१ लाख ५६ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ४ करोड ९७ लाख ३० हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।
त्यस्तै, संस्थाको चुक्ता पुँजी ३२ करोड १२ लाख २५ हजार रुपैयाँ र जगेडा कोषमा १३ करोड ६९ लाख २१ हजार रुपैयाँ सञ्चित रहेको छ ।

प्रतिक्रिया