काठमाडौं - चिलिमे हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको ६ महिना सम्म आइपुग्दा ३९ करोड ७२ लाख १८ हजार रुपैयाँ नाफामा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो ।
सार्वजनिक विवरण अनुसार उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा २ प्रतिशतले बढेको हो । गत वर्षको यसै अवधिसम्ममा कम्पनीले ३८ करोड ८५ लाख २० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यता, विद्युत् बिक्रीबाट हुने आम्दानी भने २ प्रतिशतले नै घटेर ६२ करोड ४८ लाख ९४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ६३ करोड ९९ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब २७ करोड ९१ लाख २६ हजार रुपैयाँ रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी ११ रुपैयाँ ७७ पैसा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ५७ पैसा रहेको छ ।
प्रतिक्रिया