काठमाडौं - नेपालका २७ वाणिज्य बैंकहरुमध्ये २६ वटा बैंकहरु नेप्सेमा सुचिकृत छन् ।
उक्त सबै बैंकहरुले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सार्वजनिक वित्तीय विवरण अनुसार मुनाफा वितरण गर्नमा सबैभन्दा बलियो एभरेष्ट बैंक देखिएको छ ।
समिक्षा अवधीसम्ममा बैकको वितरणयोग्य मुनाफा २ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । दोस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार २७ वाणिज्य बैंकहरु मध्ये ४ वाणिज्य बैंकहरुको वितरणयोग्य मुनाफा १ अर्ब माथि रहेको छ ।
तेस्तै यो अवधीमा सबैभन्दा कम वितरणयोग्य मुनाफा सनराइज बैंकको देखिन्छ । सनराइज बैंकको वितरणयोग्य मुनाफा दोस्रो त्रैमाससम्ममा ३० करोड ११ लाख रुपैयाँमा सीमित देखिन्छ ।
उक्त कम्पनीले लाभांश वितरण गर्दा वितरणयोग्य मुनाफाबाट मात्र भनई सेयर प्रिमियम, जगेडामा रहेको रकमसमेत प्रयोग गरेर लाभांश वितरण गर्न सक्नेछन् ।
प्रतिक्रिया