काठमाडौं - नेपाल फाइनान्स र अपि पावर कम्पनी लिमिटेड हकप्रद सेयर निष्काशनको अनुमतिको पर्खाइमा रहेका छन् । यी दुबै कम्पनीहरु धितोपत्र बोर्डबाट गरिएको कमेन्टको रिप्लाई पनि बुझाइसकेका छन् । अब कम्पनीबाट आएको रिप्लाई हेरेर सबै प्रक्रिया पुगेको छिट्टै हकप्रदको अनुमति प्रदान गरिने बोर्डले जनाएको छ ।
अपि पावर कम्पनी लिमिटेड
अपि पावर कम्पनीको आयोजना निर्माण स्थलमा बोर्डको टोली पुगेर अनुगमन समेत गरेर फर्किसकेको छ ।
सबै प्रक्रिया पुरा गरी कम्पनीले छिट्टै हकप्रदको अनुमति पाउनेछ । कम्पनीले १ः०.३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न असोज २५ गते सेबोनमा निवेदन पेश गरेको हो ।
नेपाल फाइनान्स कम्पनी लिमिटेड
नेपाल फाइनान्स कम्पनी लिमिटेडले पनि धितोपत्र बोर्डले दिएको कमेन्टको जवाफ पुस ५ गते नै बोर्डलाई बुझाइसकेको छ । अब कम्पनीले बुझाइको जबाफको आवश्यक अध्यन गरी बोर्डले फाइनान्सलाई हकप्रद निष्काशनको अनुमति दिनेछ ।
कम्पनीले ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले १ः०.७० को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ७० प्रतिशतले हुन आउने ३४ करोड ५४ लाख ४७ हजार ४ सय २७ रूपैयाँ बराबरको ३४ लाख ५४ हजार ४ सय ७४ कित्ता हकप्रद सेयर निष्कासन गर्न कार्तिक १ गते सेबोनमा निवेदन पेश गरेको हो ।
लामो समय नेपाल धितोपत्र बोर्ड नेतृत्व बिहिन हुँदा रोकिएको हकप्रद र आईपीआको अनुमति प्रक्रिया पुनः सुरु भएको छ । अध्यक्षको निलम्बन पछि बोर्डले हालसम्म विभिन्न ६ वटा कम्पनीहरुलाई हकप्रद निष्कासनको अनुमति दिइसकेको छ ।
धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानाको बहिर्गमन पछि नारायणी डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स, छ्याङ्दी हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, शिखर इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद निष्काशनको अनुमति पाएका हुन् ।
प्रतिक्रिया