६ पटकको च्याम्पियन मनाङलाई पराजित गर्दै पहिलो पटक एपीएफ बन्यो आहा रारा गोल्डकपको च्याम्पियन

३ बर्ष अगाडि

पोखरा - २०औं संस्करणको आहा रारा गोल्डकपको च्याम्पियन नेपाल एपीएफ फुटबल क्लब बनेको छ । आहा रारामा ६ पटकको च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ गोलले गराजित गर्दै पहिलो पटक सशस्त्र प्रहरीको एपीएफ फटुबल क्लबले उपाधि हात पारेको हो। 

खेलको निर्धारित समयमा दुबै टिमबाट बरारी २–२ गोल भएपछि थपिएको अतिरिक्त समयको ३० मिनेटमा पनि कुनै पनि गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । 

पेनाल्टी सुटआउटमा मनाङका फरवार्ड ओलावाले अफिजले प्रहार गरेको बल एपीएफका विदेशी गोलरक्षक युया कुरियामाले रोकेपछि ७ औं पटक उपाधि जित्ने दौडमा रहेको मनाङ स्तब्ध भएको थियो । 

एपीएफका नविन लामा, सनिस श्रेष्ठ, रवि थिङ, मणी लामा, अर्मान्ड बिडोम पेनाल्टीमा सफल रहे । मनाङका ओलावाला पेनाल्टी सुटआउटमा असफल रहदा एपीएफलाई उपाधि सुम्पन परेको थियो । 

खेलको २० औं मिनेटमा गोल गर्दै एपीएफका युवराज खड्काले टिमलाई अग्रता दिलाएका थिए । दोस्रो आफको ६७ औं मिनेटमा कप्तानको क्रसमा पाएको बललाई सदुपयोग गर्दै मनाङका दयानन्द सिंहले टिमकालागि बराबरी गोल फर्काए । 

खेलका अन्तिम समय ६ मिनेट अघि मनाङका फ्रेङकलिन टालाले गोल गर्दैै टिमलाई २–१ के जिततर्फ अगाडी बढाएका थिए । तर एपीएफका रबि थिङले इन्जुरी समयको पहिलो मिनेटमै गोल गर्दै टिमको हार टार्दै खेललाई अतिरिक्त समयतफै धकेलेका थिए । 

एपीएफ दोस्रो पटक फाइनलमा प्रवेश गरेर पहिलो पटक आहा रारा गोल्डकपको च्याम्पियन बनेर उपाधिसँगै १० लाख १ हजार रुपैयाँ हात पारेको छ । दोस्रो भएको मनाङले ५ लाख १ हजार रुपैयाँमा चित्त बुझायो । 

३ बर्ष अगाडि

प्रतिक्रिया