विद्युत् बिक्रीबाट हुने आम्दानी बढेको नेशनल हाइड्रो पावरको नाफामा भारी गिरावट, चुक्ता पूँजी कति ?

३ बर्ष अगाडि

काठमाडौं - नेशनल हाइड्रो पावर कम्पनीले चालु आर्थिक वर्षको ६ महिनासम्म आइपुग्दा ८५ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा भारी गिरावट हो । गत वर्षको यसै अवधिसम्ममा कम्पनीले १ करोड ४० लाख ५६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । 

यता, विद्युत् बिक्रीबाट हुने आम्दानी भने १ प्रतिशतले बढेर ५ करोड ५५ लाख १३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ५ करोड ४५ लाख ५ हजार रुपैयाँ नाफा कमाएको थियो । 
 
हाल चुक्ता पुँजी १ अर्ब ३८ करोड ५९ लाख ११ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २६ करोड ८ लाख ६९ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको रिजर्भको आकारमा भने उछाल आएको छ । 

 गत आर्थिक वर्षको यसै अवधीमा कम्पनीको रिजर्भ ऋणात्मक थियो । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ३७ पैसा र प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ७६ पैसा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया