काठमाडौं - बीमा समितिले संस्थागत सुशासन पुरा नगर्ने सम्पूर्ण कम्पनीहरूलाई पत्राचार गर्न थालेको छ । संस्थागत सुशासन कायम नगर्ने कम्पनीहरूलाई नियमित रुपमा पत्राचार गरेको बीमा समितिले जनाएको छ ।
कम्पनीहरूमा संस्थागत सुशासन तथा प्रचलित व्यवस्थाको लागू नभएको थाहा पाउने बित्तीकै पत्राचार गर्ने गरिएको समितिले जनाएको छ । समितिले आइटी अडिट नगर्ने कम्पनीहरूलाई पत्राचार गरेर छिटो भन्दा छिटो गर्न निर्देशन दिएको छ ।
यसै क्रममा समितिले नेपाल लाइफ इन्स्युरेन्स कम्पनी, प्राइम लाइफ इन्स्युरेन्स कम्पनीलाई कारबाही पनि गरेको छ । समितिले संस्थागत सुशासन विपरित कर्मचारी नियुक्त गरेको भन्दै नेपाल लाइफलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ ।
त्यस्तै नेपाल लाइफका सञ्चालकहरू नियम विपरित धेरै वटा उपसमितिमा बसेको भन्दै कारबाही गरेको छ । प्राइम लाइफले गैर कर्मचारीको नाममा तलब भत्ता दिएको विषयमा पनि कारबाही गरेको छ ।
प्रतिक्रिया