बलेफी हाइड्रोपावर र ग्रीन भेन्चरले ९९ करोड ५ लाख बढिको आईपीओ निष्कशन गर्दै, कुनको बिक्री प्रबन्धक को ?

४ बर्ष अगाडि

काठमाडौं - बलेफी हाइड्रोपावर लिमिटेड र ग्रीन भेन्चर लिमिटेडकोे साधारण सेयर आईपीओ चाडै नै आउदै छ । उक्त दुई कम्पनीको ९९ करोड ५ लाख बढिको ९९ लाख ५ हजार बढि कित्ता आईपीओ निष्काशन गर्न लागेको होे । 

बलेफी हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नेछ  । 

कम्पनीको आईपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ । यस्तै ग्रीन भेन्चर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरमा ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नेछ  । 

कम्पनीको आईपीओको बिक्री प्रबन्धकको लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया