पछिल्लो २४ घण्टामा थप ४९०४ मा कोरोना पुष्टि हुँदा झण्डै ६  हजार डिस्चार्ज, २ लाख ७२ हजार बढिले लगाए खोप

४ बर्ष अगाडि

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ५६२ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पिसिआर विधिबाट १० हजार १०१ र एन्टिजेन विधिबाट चार हजार ४६१ जनाको परीक्षण गर्दा क्रमशः तीन हजार ३१८ र एक हजार ५८६ जनामा संक्रमण देखिएको हो ।

यस अवधिमा पाँच हजार ९२४ जना संक्रमणमुक्त भएका छन् भने ६ संक्रमितको ज्यान गएको छ । अब नेपालमा ८७ हजार ३२९ सक्रिय संक्रमित रहेका मन्त्रालयको अद्यावधिक तथ्यांकमा उल्लेख छ । 

आज शनिबार देशभर दुई लाख ७२ हजार ७४८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया