विदेशमा अलपत्र बनाउने दलालको फन्दाबाट जोगाउन सरकारले श्रम मन्त्रालयका उपसचिव विष्णु लामिछानेको नेतृत्वमा मार्सल टिम गठन गरेको छ ।
उक्त टिमले भिजिट भिसामा विदेश पुर्याउने दलाल, कन्सल्टेन्सी, ट्राभल एजेन्सीका सञ्चालकलाई खोजी गरेर आत्मसमर्पण गराउनेछ । मन्त्रालयका अनुसार उक्त टिमले शुक्रबारबाटै काम सुरु गरिसकेको छ ।
यो टिममा श्रम मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालयका प्रतिनिधि सम्मिलित हुनेछन् । टिमले भ्रमण भिसा कुन कुन देश, के कस्तो प्रयोजनका लागि गरिन्छन् र रोजगारीका लागि जाने नागरिक के कस्ता कागजात मिलाएर भ्रमण भिसामा जान्छन् भन्ने विषयमा अध्ययन गरिरहेको छ ।
गत मङ्गलबार गठन भएका कार्यदलले १५ दिनमा भ्रमण भिसाका नाममा हुने ठगी, यसले निम्त्याएको समस्या र यसको समाधानका उपायसहितको अध्ययन गरेको प्रतिवेदन सरकारलाई बुझाउनेछ । त्यही आधारमा सरकारले मार्सल टिमलाई परिचालन गर्नेछ ।
अहिले भिजिट भिसामा खाडीलगायत मुलुक पुगेर कयौं नेपाली अलपत्र पार्ने कार्यहरू बढेका छन् ।
प्रतिक्रिया