यो साता नेप्सेमा दुई कम्पनीको १४ लाख ३५ हजार बढि कित्ता शेयर सूचीकृत, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं - यो साता नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई कम्पनीको शेयर  भएको छ । रू रू जलविद्युत् परियोजना र स्वरोजगार लघुवित्त शेयर नेप्सेमा सूचिकृत भएको हो । 

रू रू जलविद्युत् परियोजना
रू रू जलविद्युत् परियोजना लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ४ लाख ७ हजार ७०५ .५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अव यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सकिने छ । कम्पनीले असोज १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

स्वरोजगार लघुवित्त
नेप्सेमा मंगलबार स्वरोजगार लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको २५ प्रतिशत बोनस बापतको १० लाख २८ हजार १ सय ९८.२४ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो । 

संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावित लाभांश कार्तिक २७ गते, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएको कम्पनीको १३औँ वार्षिक साधारण सभाले पारित गरिसकेको छ । v

४ बर्ष अगाडि

प्रतिक्रिया