काठमाडौं - बहराइनको एक कम्पनीले कामदारको माग गरेको छ । securi core कम्पनीले विभिन्न पदका लागि १०५ जना नेपाली पुरुष कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्नेतसहित तलब ३७ हजार माथिदेखि ४७ हजार बढि पाउनेछ । इच्छुक कामदारले स्काई अफ दि वल्र्ड मेनपावर प्रालिको कार्यालय तिलगंगा काठमाडौंमा माघ २० गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।
प्रतिक्रिया