अब उपत्यकामा चल्ने ट्याक्सी र निजी सवारी साधनमा मात्रै जोर बिजोर प्रणाली लागु

४ बर्ष अगाडि

उपत्यकामा चल्ने बस, माइक्रोबस र टेम्पोलगायतका सार्वजनिक सवारी साधनहरुमा जोर बिजोर प्रणाली हटाइएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले ट्याक्सी र निजी सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । 

कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसीसी० ले पनि सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो । 

सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीसीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया