आईपीओ जारी गर्ने तयारीमा रहेको अभियान लघुवित्तलाई रेटिङ कति ?

४ बर्ष अगाडि

काठमाडौं -अभियान लघुवित्त वित्तीय संस्था लाई क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले 'इक्रा एनपी–आईआरबीबी माइनस' रेटिङ्ग दिएको छ ।

बीबी माइनस निष्कासनकर्ता रेटिङ प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् । उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी रायमात्र भएको र यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्राले उल्लेख गरेको छ ।

कम्पनीले सर्वसाधारणमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर (आईपीओ) जारी गर्ने तयारी गरिरहेको छ । आईपीओ जारी गर्नका लागि अभियान लघुवित्त वित्तीय संस्थाले माघ १३ गते बिहीबार मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया