यस साता ५ प्रतिशत घट्यो नेप्से परिसूचक, पूँजीकरण ३९ खर्ब २८ अर्ब रुपैयाँमा झर्‍यो

४ बर्ष अगाडि

काठमाडौं - यस साता नेप्से परिसूचक ५ प्रतिशत घटेको छ । अघिल्लो साता २९३१.३४ विन्दुमा बन्द भएको नेप्से, यस साता ५.१६ प्रतिशत अर्थात १५१.३६ अंक घटेर २७७९.९८ विन्दुमा झरेको छ ।

त्यसैगरी, यस साता सेन्सेटिभ इण्डेक्स २५.०२ अंक घटेर ५१८.७२ विन्दुमा झरेको छ भने फ्लोट इण्डेक्स ११.४० अंक घटेर १९०.९२ विन्दुमा झरेको छ । यस साता सेन्सेटिभ फ्लोट इण्डेक्स ९.५८ अंक घटेर १६७.७६ विन्दुमा झरेको छ ।

नेप्सेसँगै यस साता औषत कारोबार रकम, औषत शेयर संख्या र औषत कारोबार संख्या पनि घटेको छ । गत साता दैनिक औषतमा ७ अर्ब ५६ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस साता ५ अर्ब ७९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

गत साताको तुलनामा यस साताको औषत कारोबार रकम २३.४१ प्रतिशत घटेको हो । त्यस्तै, यस साता औषत शेयर संख्या २४.८२ प्रतिशत र औषत कारोबार संख्या १८.७३ प्रतिशत घटेको छ ।

यस साता नेप्सेसँगै नेप्सेको कुल बजार पूँजीकरण पनि घटेको छ । गत साता ४१ खर्ब ४२ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पूँजीकरण, यस साता २ खर्ब १३ अर्ब रुपैयाँ घटेर ३९ खर्ब २८ अर्ब रुपैयाँमा झरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया