काठमाडौं - त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा खटिएका कर्मचारीहरुलाई कार्यालय समयमा मोवाइल चलाउन रोक लगाएको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।
अराइभल कक्ष र डिपार्चर कक्षमा खटिएका कर्मचारीले कार्यालय समयमा ल्यान्डलाइन र अफिसियल मोबाइल मात्र प्रयोग गर्न कार्यालयले निर्देशन दिएको छ । उक्त कार्य भएरनभएको भने वरिष्ठ अध्यागमन अधिकृतले अनुगमन गर्न र मोबाइलको व्यक्तिगत प्रयोगको मात्रालाई नियन्त्रण तथा नियमन गर्नुपर्ने गरी सूचना जारी गरेको छ ।
अत्यावश्यक काम परेको अवस्थामा भने वरिष्ठ अध्यागमन अधिकृतको जानकारीमा ल्याई स्वीकृति भएपछि मात्र प्रयोग गर्न पाइने भएको छ । कर्मचारीले व्यक्तिगत मोबाइल आफ्नो लकरमा राख्नु पर्ने भएको छ ।
प्रशासनले कर्मचारीलाई अफिसियल सिम र मोबाइलको व्यवस्था गर्ने अध्यागमन डेस्क अफिसरबाहेकका कर्मचारीले भने अध्यागमनको काम कारवाहीलाई नियमन गर्न व्यक्तिगत तथा सरकारी फोन प्रयोग गर्न सक्ने गरि निर्णय भएको समेत कार्यालयले जनाएको छ ।

प्रतिक्रिया